
काठमाडौँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने सो पार्टीले जनाएको छ । पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्ने लगायत विषयमा छलफल हुने बताईएको छ ।