
बागलुङको पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र सञ्चालन गरिने भएको छ ।
शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो ।
महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोट धाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिनुभयो ।
अन्नदान क्षेत्र सञ्चालनमा आएसँगै मुक्तिनाथ जाने भक्तजनलाई त्यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुने उहाँले बताउनुभयो ।
दश वर्षअघिदेखि कारिकोट, रायरायकोट, माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भइरहेको छ ।
पञ्चकोटमा गत माघमा धान्याञ्चल मार्फत ११ करोड बढी रकम सङ्कलन गरिएको छ । उक्त रकमले पूर्वाधार निर्माणको काम सुरु हुने वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
फोटोः गोरखापत्र