बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सभामुखसँग सांसद पद निलम्बन फुकुवा गरिदिन रवि लामिछानेको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ चैत, २०८१ मा प्रकाशित
सभामुखसँग सांसद पद निलम्बन फुकुवा गरिदिन रवि लामिछानेको आग्रह
काठमाडौँ, चैत १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।

आज सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा मुद्दा चलेपछि लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।

यसअघि पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार