
ताप्लेजुङ, चैत १९ :
ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा एक साताको अवधिमा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको जलेर मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो ।
यस्तै प्रनाउ रावलका अनुसार डढेलो निभाउने क्रममै निघुरादिनका ७५ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको छ । आगोको लप्काले भेटेपछि भाग्ने क्रममा लडेर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
