
तस्बिर : आशिष पौडेल ।
प्रधानमन्त्री केपी ओली मित्रराष्ट्र थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न सिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री आज (मंगलबार) दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले बिदाइ गरेका थिए ।
कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको तर्फबाट ओलीले गरेको यो पहिलो थाइल्यान्डको औपचारिक भ्रमण हो ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
उनले थाइल्यान्डका प्रतिष्ठित व्यवसायीहरुसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्नेछन् । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने तयारी छ ।
ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे सोमबार संसद्लाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा ‘गेट-वे’ का रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हुने बताएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।
भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे सोमबार संसद्लाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमणपछि चैत २३ गते स्वदेश फर्किनेछन् ।
प्रधानमन्त्री थाइल्यान्ड भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तो छ भ्रमण टोली :
१) प्रधानमन्त्री केपी शर्मा ओली
२) प्रधानमन्त्रीका धर्मपत्नी–राधिका शाक्य
३) डा. आरजु राणा देउवा–परराष्ट्र मन्त्री
४) विष्णुप्रसाद गौतम–शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
५) दिवाकर खड्का–प्रमुख सेनानी, प्रधानमन्त्रीका पाश्र्ववर्ती
६) विष्णुप्रसाद रिमाल–प्रधानमन्त्रीका मुख्य सल्लाहकार
७) डा. युवराज खतिवडा– प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार
८) एकनारायण अर्याल–मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
९) अमृतबहादुर राई–परराष्ट्र सचिव
१०) प्रा. डा. दिव्या सिंह शाह– सम्माननीय प्रधानमन्त्रीका निजी चिकित्सक
११) राजेश बज्राचार्य–सम्माननीय प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
१२) तापस अधिकारी– सहसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा, परराष्ट्र मन्त्रालय
१३) ज्ञानबहादुर मगर–सहसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
१४) अम्बिका जोशी–उपसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा
१५) विवेक रिजाल–उपसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
१६) कमल रावल– परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव
१७) ऋचा भट्टराई–शिष्टावार अधिकृत, परराष्ट्र मन्त्रालय
१८) प्रकाश सिलवाल–वरिष्ठ संवाददाता, रा.स.स.
१९) कृष्ण खड्का, प्रहरी निरीक्षक, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२०) सुदीप बुढाथोकी–क्यामेरामेन, नेपाल टेलिभिजन
२१) दिनेश भण्डारी–प्रधानमन्त्रीका निजी फोटोग्राफर
२२) जयश्री शाक्य–प्रधानमन्त्रीका निजी सहयोगी
२३) अनिता सिंह– परराष्ट्रमन्त्रीका निजी सहयोगी