सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार भिडियो

आगो लागेर निभ्यो अनि दमकल आयो...

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ चैत, २०८१ मा प्रकाशित
आगो लागेर निभ्यो अनि दमकल आयो...
काठमाडौं, चैत १९ :

काठमाडौंको कलंकी लाम्पाटी क्षेत्रमा विद्युत्‌को पोलमा आगो लागेको छ । 

पोलमा गुजुल्टिएको तारमा एक्कासी आगो लाग्दा वरपरका घरमा समेत जोखिम भएको थियो ।

स्थानीय बासिन्दाको सहयोगमा आगो निभिसकेपछि दमकल आएको थियो । 

राजधानीका चोकचोकका तार व्यवस्थित हुन सकेका छैनन् । त्यसले गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।

चोकचोकका घरको छेउमै तारहरू झुन्डिएको अवस्था छन् । तार भूमिगत गर्ने काम केही स्थानमा भए पनि धेरै ठाउँमा अझै व्यवस्थित गर्न बाँकी छ ।

बिजुलीका पोलपोलमा झुन्डिएका तारको गुजुल्टोले गर्दा सहरको सौन्दर्यमा असर पुर्‍याएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार