काठमाडौं, चैत १९ :

सेयर बजार आज (मंगलबार) घटेको छ । १६.९५ अंकले घटेको नेप्से मंगलबार २६७६.१७ विन्दुमा रोकिएको छ ।

बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकामा आज ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार सात सय रुपैयाँको भयो । आज २०१ कम्पनीको मूल्य घट्दा ४२ कम्पनीको मूल्य बढ्यो ।

आज व्यापार समूह ३.८ प्रतिशतले बढ्द अन्य सबै समूह राताम्मे बने । बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटेल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बिमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बिमा ०.३८ र अन्य समूह १.३९ प्रतिशतले घटे ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीको सूचीमा हिमालयन री-इन्स्योरेन्स अगाडि रह्यो ।