काठमाडौँ, चैत २० :

काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) २३५ अर्थात् ‘निकै अस्वस्थ’ तहमा पुगेको छ । 

विश्वको वायु गुणस्तर मापन गर्ने स्विट्जरल्यान्डको वेबसाइट आईक्यूएयरका अनुसार मंगलबार राति मापन गरिएको सूचकांकमा तुवाँलोले ढाकिएको काठमाडौँमा वायु प्रदूषण बढेको हो।

हिजो बिहान काठमाडौँको वायु गुणस्तर ‘खतरनाक तह’ अर्थात् एक्यूआई ३०० रहेको थियो । सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा काठमाडौँसँगै म्यानमारको यांगुन र बंगलादेशको ढाका छन् । यांगुनको एक्यूआई १६४ र ढाकाको १५६ सम्म पुगेको थियो । भारतको मुम्बईमा मंगलबार एक्यूआई १५० सम्म पुगेको थियो ।

लामो समयदेखी पर्याप्त मात्रामा पानी पर्न नसक्दन केही दिनयता उपत्यका तुवालोले ढाक्दै आएको छ । हावामा धूवाँ, धूलो र ग्यासका कारण काठमाडौँमा प्रदूषण बढेको वातावरणविद्ले बताएका छन् ।