शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार राजनीति भिडियो

रेडियो नेपाललाई गणतन्त्र संस्थागत गर्ने दिशामा सक्रिय बनाउन राष्ट्रपतिको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
रेडियो नेपाललाई गणतन्त्र संस्थागत गर्ने दिशामा सक्रिय बनाउन राष्ट्रपतिको आग्रह
काठमाडौँ, चैत २० :

राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गरेका छन् ।

मुुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै उनले ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’को मर्मअनुरुप क्रियाशील रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिए ।

सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरोध गर्दै “इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको बताएका छन् ।

यस्तो अवस्थामा दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम उपयोग गरी रेडियो नेपाललगायत आमसञ्चारमाध्यमले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही भएर काम गर्नेछन् भन्ने विश्वास लिएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार