
काठमाडौं, चैत २० :
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र बर्खास्तीमा परेका कुलमान घिसिङको रिटमा आज पनि बहस सकिएन । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा मंगलबारदेखि बहस हुँदै आएको छ ।
गत चैत ११ गते सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएपछि उनी गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्च अदालत गएका थिए। शाक्य भने चार वर्षअघि आफू बर्खास्तीमा परेको रिटको छिटो सुनाइको माग गर्दै सोही दिन रिट दायर गरेका थिए।
प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त र बर्खास्तामा परेका शाक्य र घिसिङले दायर गरेको रिट एक साथ राखेर सुनुवाइ हुँदै आएको छ।