
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेर कार्यालय समयमा कार्यालय भित्र नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
मङ्गलवार कार्यालयको निवासमा कार्यालय समयमा अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकाको कार्यालय पुगी उप प्रमुख रत्न कुमारी पाण्डेलाई उप प्रमुखकै कार्य कक्षमा तथानाम गाली गर्दे हातपात गर्ने प्रयास गरे पछि इलाका प्रहरी कार्यालयले मंगलबारनै पक्राउ गरेर साँझ जिम्मा जमानतमा छाडेको थियो ।
उप प्रमुख माथि हातपात गर्ने प्रयास समेत भयो एउटा कर्मचारी मदिराले मातेर कार्यालय समयमा जथाभाबी गर्न थाले पछि उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दे मुद्दा दायर गरिएको बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुले बताए ।