बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

३.३५ अंकले बढेको नेप्सेमा झन्डै ८ अर्बको किनबेच

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
३.३५ अंकले बढेको नेप्सेमा झन्डै ८ अर्बको किनबेच
काठमाडौं, चैत २१ :

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । ३.३५ अंकले बढेको नेप्से २,७०३.३९ अंकमा कायम रह्यो ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स २.३० अंकले बढेर ४५०.८ अंकमा पुगेको छ । आज ३२४ कम्पनीको ६९ हजार ८९ पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार नौ सय ९८ कित्ता सेयर किनबेच भए ।

अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकामा आज ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँको कारोबार भयो । आज ९३ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा तीन समूहको बढेर बाँकीको सूचक घटेका छन् । आज ग्रिन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै सुपरमादीको ६.९५, राधी विद्युत्‌को ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढ्यो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो । आज धेरै कारोबार हुने कम्पनीको सूचीको पहिलो नम्बरमा हिमालयन रिइन्स्योरेन्स रह्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार