काठमाडौं, चैत २१ :

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि हुँदै आएको सुनुवाइ सकिएको हो । तीन दिनदेखि सुनुवाइ हुँदै आएको थियो ।

सरकारले बदनियतपूर्वक हटाएको भन्दै घिसिङले थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । भने शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए । दुवैको रिटमा सुनुवाइ सकिएकाले आजै आदेश आउने बताइएको छ ।