
दार्चुला, चैत २१ :
पश्चिम नेपालको दार्चुलामा आज अपराह्न ४.० म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । साँझ ५ बजेर ४ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु अपी हिमाल क्षेत्र नजिक रहेको नेपाल राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का दार्चुलालगायत आसपासका जिल्लामा समेत महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन। पश्चिम नेपाल र उत्तरी सीमा क्षेत्रमा पछिल्लो समय दैनिकजसो स-साना भूकम्पको धक्का महसुस हुने गरेको छ ।