शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बैंककमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ चैत, २०८१ मा प्रकाशित
बैंककमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको भेट
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
बैंकक, चैत २२ :

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच आज (शुक्रबार) भेटवार्ता भएको हो ।

चैत १९ गते बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले २० गते त्यहाँका समकक्षी पे थोङ थान् सिनावात्रासँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए ।

ओलीले आज (शुक्रबार) बिमस्टेक सम्मेलनमा सहभागी हुँदै सम्बोधनसमेत गरे ।

यो पनि…

प्रधानमन्त्री ओलीले भने- ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिमस्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार