काठमाडौं, चैत २२ :

३ मिनेटको फरकमा जाजरकोट केन्द्रविन्दु भएर दुईपटक भुइँचालो भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।