काठमाडौं, चैत २२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका छन् ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई शुक्रबार उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि पक्राउ गर्न प्रहरी उनको निवासमै पुगेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।

पक्राउअघि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूमाथि अन्याय भएको भन्दै गिरफ्तारी दिन लागेको जनाएका थिए । उनले अदालतको सम्मान गर्दै गिरफ्तारी दिने बताएका थिए ।

उनले आफूमाथि अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठुलो अन्याय भएको छ,’ उनले भनेका छन् । उनले भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टीपंक्तिलाई आग्रह गरेका छन् । ‘चितवनको सभा नरोक्नुस् ।’

यो पनि…

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश
रवि लामिछाने भन्छन्- ममाथि अन्याय भएको छ, गिरफ्तारी दिँदै छु