बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति

मोदीले देखाए व्यस्तता : सगरमाथा संवादमा नआउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २३ चैत, २०८१ मा प्रकाशित
मोदीले देखाए व्यस्तता : सगरमाथा संवादमा नआउने
काठमाडाैं, चैत २३ :

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने स्पष्ट गरेका छन्।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मोदीको अनुपस्थितिबारे जानकारी गराएका हुन्।

उनका अनुसार शुक्रबार बैंककमा भएको दुई नेताबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सगरमाथा संवादका लागि मोदीलाई निमन्त्रणा दिएका थिए। तर मोदीले व्यस्त कार्यक्रमका कारण उक्त संवादमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले भारत र नेपालबीचको आपसी सम्बन्ध बलियो रहेको र दुवै देशबीच नियमित संवाद भइरहने पनि उल्लेख गरेका छन्।

यस वर्षको सगरमाथा संवाद आगामी जेठ महिनामा काठमाडौंमा आयोजना हुने तय गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार