आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

मौसम : कोशी , बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
मौसम : कोशी , बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत २४ :

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ ।  

आइतबार बिहान देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।  

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागका एक -दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मूख्यतया सफा रहनेछ ।  

कोशी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै, राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार