मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार लुम्बिनी प्रदेश

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
अर्घाखाँची, चैत २४ :

अर्घाखाँचीमा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

मालारानी गाउँपालिका ३ ढुङ्गाडेस्थित लुटीपोखरी- खनदहको भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु.२च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

दुर्घटनामा सख्त घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य दुई जना घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले  जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार