
आज विभिन्न तीन संसदीय समितिको बैठक बस्दैछ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
राष्ट्रियसभा अन्तर्गतका तीन वटै समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेका हुन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा नेपाललाई पार्ने प्रभाव- असर- चुनौती र प्राप्त हुने अवसर सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापन लगायत विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।