काठमाडौँ, चैत २४ :

आइतबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । 

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज  चाँदी ७० रुपैयाँ घटेर तोलामा १८०० रुपैयाँमा कारोबार भइरहेको  छ ।