
अब्तिसम मोहम्मद र युआन याङ शनिबार आफ्ना दुई सहकर्मीसँग इजरायल गएका थिए ।
बेलायतका श्रम सचिव डेभिड लामीले लेबर पार्टीका दुई सांसदलाई इजरायलमा प्रवेश निषेध गरिएकामा आलोचना गरेका छन् ।
उनले इजरायलको कदमलाई ‘अस्वीकार्य, प्रतिकूल र अत्यन्तै चिन्ताजनक’ भनेका छन् । लामीले विदेश मन्त्रालय दुई सांसदसँग सम्पर्कमै रहेको जनाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
इजरायली सञ्चारमाध्यमहरुका अनुसार इजरायल जनसंख्या तथा आप्रवासन प्राधिकरणले अब्तिसाम मोहम्मद र युआन याङलाई प्रवेश निषेध गरिएको जनाएको छ । किनभने उनीहरूले इजरायलविरुद्ध ‘घृणित अभिव्यक्ति’ दिने उद्देश्य राखेका थिए ।
डेभिड लामीले भने, ‘मैले इजरायली सरकारमा रहेका मेरा समकक्षीलाई स्पष्ट रूपमा भनेको छु कि बेलायती सांसदहरूलाई व्यवहार गर्ने यो सही तरिका होइन ।’
युआन याङ अर्ली र वुडलीका सांसद हुन् भने अब्तिसम मोहम्मद सेफिल्ड सेन्ट्रलका सांसद हुन् ।
रिपोर्टका अनुसार दुवै सांसद आफ्ना दुई सहकर्मीसहित लन्डनको लुटन विमानस्थलबाट इजरायल प्रस्थान गरेका थिए ।
टाइम्स अफ इजरायलका अनुसार, जनसंख्या अधिकारीले भने कि गृहमन्त्री मोशे आर्बेलले चारजना पुरुषलाई सोधपुछ गरेपछि प्रवेश गर्न अस्वीकार गरेका थिए ।
यस विषयमा टिप्पणीको लागि बीबीसीले इजरायल जनसंख्या तथा आप्रवासन प्राधिकरणलाई सम्पर्क गरेको छ । -बीबीसी