बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार लुम्बिनी प्रदेश

भैरहवा कारागारको ४ नम्बर ब्लकमा रवि लामिछानेको बास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ चैत, २०८१ मा प्रकाशित
भैरहवा कारागारको ४ नम्बर ब्लकमा रवि लामिछानेको बास
काठमाडौं, चैत २५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा राखिएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारमा रहेका ४ वटा ब्लकमध्ये ४ नम्बर ब्लकमै राखिएको छ । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवा छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो ।

४ नम्बर ब्लकमा अहिले लामिछानेलाई एक्लै राखिए पनि अरु कैदी आएको अवस्थामा त्यहाँ राख्न सकिने पनि भण्डारीले जानकारी दिए ।

लामिछानेलाई प्रहरीले शुक्रबार राति उनकै निवास बूढानीलकण्ठबाट पक्राउ गरी भैरहवा पुर्‍याएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएसँगै उनलाई आज (सोमबार) भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार