
नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइवाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एन्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ ।
५० रुपैयाँमा पाइने यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ता लक्षित गर्दै ल्याइएको कम्पनीको दाबी छ । विगत चार दशकदेखि वाइवाइले नेपालमा मात्र नभई, विश्वबजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।
उपभोक्ताको बदलिँदो स्वाद र रोजाइ ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्प बजारमा ल्याउँदै आएको छ । हालै बजारमा ल्याइएको यो हट एन्ड स्पाइसी नुडल्स पनि उपभोक्ताको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ ।
यसले उपभोक्ताको अपेक्षाअनुसारको स्वाद अनुभव गराउनेछ र वाइवाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
वाइवाइले ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ । जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं । विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रिट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन् । उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं । प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले बताए ।
वाइवाइ क्विक हट एन्ड स्पाइसी नुडल्सको प्याकेजिङसमेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ । यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताको चाहना समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन् ।
‘पिरोपनको परिभाषा व्यक्तिअनुसार फरक हुन्छ- कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन् । हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं । हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एन्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ,’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए ।