
काठमाडौं, चैत २६ :
शिक्षकहरूले आन्दोलनलाई आज पनि जारी राखेका छन् ।
चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आफूहरूका माग पूरा नभएसम्म काठमाडौंबाट नफर्किने चेतावनी दिएका छन् । उनीहरूले वार्तामा बसेर अल्मलिनु भन्दा यसअघि नै भइसकेको सहमति पालनामा जोडदिएका छन्।
तसर्थ उनीहरु सरकारले वार्तामा बोलाए पनि वार्तामा नबस्न चाहिरहेका छैनन्। सरकार पनि विगतका सहमतिलाई कार्यान्वयन गर्छु भन्न सकिरहेको छैन । शिक्षकहरुले शान्तिपूर्ण रुपमा माइतीघरदेखि बिजुली बजार पुलसम्म भेला भएर प्रदर्शन गरिरहेका छन् ।