
सेयर बजार आज (मंगलबार) पनि घटेको छ । ३.४४ अंकले घटेको नेप्सेमा मंगलबार ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँको सेयर किनबेच भए ।
कारोबार खुलेदेखि नै उच्च रुपमा घटेको नेप्से अन्तिम समयमा आएर केही सम्हालियो । अघिल्लो दिन सोमबार पनि ३३.३३ अंकले नेप्से घटेको थियो । मंगलबार ३.४४ अंकले घटेर नेप्से २,६६६.६१ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर ४४४.७८ अंकमा झरेको छ ।
नेप्सेमा आज ३२१ कम्पनीको ५३,४९२ पटकको कारोबारमा एक करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच भए । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चारवटाको सूचक बढेर बाँकीको घटेका छन् ।
जसमध्ये फाइनान्स समूहको सूचक १५.२९ अंकले बढेर २ हजार ५५२.१७ अंकमा पुगेकामा निर्जीवन बिमा समूहको सूचक पनि १६.६३ अंकले बढेर १२ हजार २०८.१७ अंकमा पुगेको छ । यसैगरी उत्पादनमूलक र व्यापार समूहको सूचक पनि क्रमशः १०९.२३ र ३२. ७८ अंकले बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने ४.१७ अंकले घटेर १ हजार ३५९.८३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८.७९ अंकले घटेर पाँच हजार ४३०.२४ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक १७.२८ अंकले घटेर तीन हजार चार सय ३९.४७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक २३.३५ अंकले घटेर १३ हजार दुई सय ८५.६९ अंकमा झरेको छ ।
मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो । आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो । बाराही हाइड्रोपावर पब्लिकको सेयर मूल्य भने ६.७२ प्रतिशतले घट्यो ।