काठमाडौं, चैत २६ :

सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले  सार्वजनिक गरेका हुन् ।

बैठकले  वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राको लागि ६६५.९७ क्यू. फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने र उक्त वन पैदावारको हुन आउने राजश्व रोयल्टी मिनाहा गर्ने ,ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत, बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका विभिन्न १३ वटा निर्णय गरेको छ ।

 

यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णय :