बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

तीनकुने घटनामा संलग्न थप दुई जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
तीनकुने घटनामा संलग्न थप दुई जना पक्राउ
काठमाडौँ, चैत २७ :

जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १५ गते तीनकुने क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका- ५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका- ४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकालाई अपराधिक उपद्रव कसूरअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार