बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

झन्डै १० अंकले बढेको सेयर बजारमा साढे ४ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
झन्डै १० अंकले बढेको सेयर बजारमा साढे ४ अर्बको कारोबार
काठमाडौं, चैत २७ :

सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन झन्डै चार अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने ९.६६ अंकले बढेर २,६७६.२८ अंकमा रोकिएको छ । साथै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४४ अंकले बढेर ४४६.२२ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१७ कम्पनीको ४५ हजार ९४ पटकको कारोबारमा एक करोड ७३ हजार आठ सय २२ कित्ता सेयर किनबेच भए । जसकारण चार अर्ब ४८ करोड ४६ लाख लाख १९ हजार सात सय ४० रुपैयाँको कुल कारोबार भएको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा दुईवटाको सूचक घटेर बाँकीको बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ०.५२ अंकले घटेर १,३५९.३१ अंकमा झरेको छ भने व्यापार समूहको सूचक १९.११ अंकले घटेको छ । यीबाहेक सबै समूहका सूचक बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीको पहिलो स्थानमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा सिन्धु विकास बैंक अगाडि छ । साथै बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार