बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति प्रदेश लुम्बिनी प्रदेश

प्रधानमन्त्रीलाई गगनको सुझाव- उद्घाटन र भाषणमा समय खेर नफाल्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
प्रधानमन्त्रीलाई गगनको सुझाव- उद्घाटन र भाषणमा समय खेर नफाल्नुस्
रुपन्देही, चैत २७ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न सुझाव दिएका छन् । 

रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा नलाग्न सुझाव दिएका हुन् ।

सरकारको कामको गति नपुगेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई ढिलासुस्तीरहित कार्यसम्पादन गर्न सुझाए । ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस्,’ उनले भने,  ‘तपाईंहरू काम गर्नुस् । त्यो प्रचार गर्ने काम हामीहरू गरिहाल्छौं ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार