
काभ्रे, चैत २८ :
काभ्रेको रोशी गाउँपालिका- ९ बिपी राजमार्गमा बस दुर्घटना भएको छ ।
काठमाडौँबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको प्रदेश ३- ०१- ००६ ख १३३९ नम्बरको बस बिहान सडकबाट चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।