
नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् ।
मिश्र ५ हजार ५२ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिष्पर्धी माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन्। मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् ।
यस्तै, महासचिवमा पनि सत्ता गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८ सय ७४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २हजार ३ सय ६७ मत पाए ।
यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।
हेर्नुहोस् कसको मत कति ?