शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
राजनीति

बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र निर्वाचित, सबै पदाधिकारीमा सत्ता गठबन्धनको वर्चस्व

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र निर्वाचित, सबै पदाधिकारीमा सत्ता गठबन्धनको वर्चस्व
काठमाडौं, चैत २८ :

नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । 

मिश्र ५‍ हजार ५२ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिष्पर्धी माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन्। मिश्र २ हजार ४३१ मतान्तरले विजयी भएका हुन् ।

यस्तै, महासचिवमा पनि सत्ता गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८ सय ७४ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी विपक्षी गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २हजार ३ सय ६७ मत पाए ।

यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।

 

हेर्नुहोस् कसको मत कति ?

 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार