काठमाडौं, चैत २८ :

आन्दोलनरत शिक्षक र सरकारबीच आज निर्णायक वार्ता हुँदैछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ । 

यसअघि पटक-पटक बोलाउँदा पनि नगएका उनीहरु आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ । वार्तामा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ ।  शिक्षा ऐन जारी गर्नुपर्ने अडान लिएको छ ।

संसद्‍को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने र अध्यादेशबाट ऐन जारी गर्न महासंघले तीन वटा विकल्प सुझाएको छ । 

सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।