
काठमाडौं, चैत २८ :
सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोलीको सहभागिता रहेको छ भने शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली छन् ।
शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरु गत २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । सरकारले यसअघि पटकपटक वार्तामा बोलाए पनि उनीहरु गइरहेका थिएनन् । वार्तालाई उनीहरुले अल्मलिने काम मात्र हुने भन्दै निर्णायक वार्तामा जोड दिँदै आएका थिए ।