शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ चैत, २०८१ मा प्रकाशित
सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी
काठमाडौं, चैत २८ :

सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोलीको सहभागिता रहेको छ भने शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली छन् ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरु गत २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । सरकारले यसअघि पटकपटक वार्तामा बोलाए पनि उनीहरु गइरहेका थिएनन् । वार्तालाई उनीहरुले अल्मलिने काम मात्र हुने भन्दै निर्णायक वार्तामा जोड दिँदै आएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार