काठमाडौँ, चैत २९ :

पानी परेसँगै काठमाडौँ उपत्यकासहित प्रमुख शहरमा देखिएको तुवाँलो घट्दै गएको छ ।

काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट पानी पर्न सुरु भएको थियो भने बिहीबार पनि सामान्य वर्षा भयो । 

गत एक साता विश्वकै प्रदूषित सहरको सूचीमा रहेको काठमाडौँको वायु प्रदूषण मापन आज १८ औँ स्थानमा झरेको छ । 

पानी परेसँगै प्रदूषणको मात्रा पनि आधाले घटेर एक्युआई ११६ कायम भएको छ । यद्यपि, वर्षा गराउने प्रणाली शनिबारसम्म कायमै रहने भएकाले आकाशमा बादल लागेको मौसमविद्ले बताएका छन् ।

बुधबार साँझदेखि देशका अधिकांश स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा गराइरहेको प्रणाली शनिबारदेखि भने केही कमजोर हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।