बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ चैत, २०८१ मा प्रकाशित
‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’
बुटवल, चैत २९ :

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) को आठौँ महाधिवेशन उद्घाटन सत्रमा उनले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्तिविकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष लम्सालले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानीका लागि सरकारलाई आग्रह गरे । ‘मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान बिर्सनु हुँदैन । पत्रकारहरूको वृत्तिविकासका लागि आवश्यक काम र साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

अध्यक्ष लम्सालले पत्रकारको आवाज दबाउन खोज्ने कुनै पनि सत्ता र शासन व्यवस्था नटिक्ने भन्दै समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य नहुने स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार