काठमाडौं, चैत २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

रविपत्नी निकिता पौडेलले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराइन् । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा पठाउने निर्णय गरेको हो ।

यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशविरुद्ध सरकारी पक्ष उच्च अदालत पुगेपछि अदालतले थुनामा पठाउने निर्णय गरेको हो । अब सोही आदेशविरुद्ध रविपत्नी सर्वोच्च पुगेकी हुन् ।