तनहुँ, चैत ३० :

तनहुँको बन्दीपुर गाउँपालिका- २ कामीडाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् । 

फुपुको घरमा जाँदै गरेको अवस्थामा शुक्रबार चितुवाको आक्रमणबाट विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । 

डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातिको समयमा घरगोठ उज्यालो बनाउन तथा एक्लै नहिँड्न आग्रह गरेको छ । तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको त्रास बढ्दो छ ।