काठमाडाैं, चैत ३० :

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक प्लास्टिक उद्योगमा आज साँझ आगलागी भएको छ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल राज बोहराका अनुसार आगो निभाउने प्रयास जारी रहेको छ।  ‘अहिले पनि नियन्त्रणको प्रयास भइरहेको छ,’ एसपी बोहराले भने, ‘ विस्तृत विवरण आउन बाँकी छ।’

प्रहरी र दमकल टोलीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने काम तीव्र गतिमा भइरहेको छ। स्थानीय बासिन्दा र उद्योग क्षेत्रका कामदारहरू पनि आगो नियन्त्रणमा सहयोग गरिरहेका छन्।आगलागीको कारण र क्षतिको विवरण अझै खुल्न सकेको छैन।