बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

ट्रम्प प्रशासनले दियो स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानमा कर छुट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
ट्रम्प प्रशासनले दियो स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानमा कर छुट
वासिङ्टन, चैत ३१ :

ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । 

यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाइएको थियो ।

सेमीकन्डक्टरहरूलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।

यो प्रतिबन्धले राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा घोषणा गरेको १० प्रतिशत र चीनबाट सामानमा दण्डित अतिरिक्त दर करको दायरालाई सङ्कुचित गरेको छ । 

ट्रम्पले आफ्नो ‘पारस्परिक कर’ ले विशेष गरी चीनलाई लक्षित गरेको देखिएको र यो वाशिङ्गटनले अनुचित ठानेका अभ्यासहरूलाई सम्बोधन गर्नको लागि जारी गरिएको कर हो । हालै विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था चीनले पनि अमेरिकाबाट आयात हुने सामानहरूमा यसै हप्तादेखि लागू हुनेगरी १२५ प्रतिशतको नयाँ कर शुरु गरेको छ । 
 
फेन्टानिल आपूर्ति श्रृङ्खलामा चीनको कथित भूमिका र अघिल्लो प्रशासनबाट अन्य विद्यमान करहरू माथि ट्रम्पले पहिले लगाएको २० प्रतिशत करको तुलनामा यो दर निकै माथि पुगेको छ । धेरै उत्पादनहरूको लागि पूर्ण आँकडा कम्तिमा १४५ प्रतिशतसम्म पुगेको छ ।

‘हार्ड ड्राइभ’ र ‘कम्प्युटर प्रोसेसर’सहित धेरै छूट भएका उत्पादनहरू सामान्यतया अमेरिकामा बनेका छैनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार