आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार विदेश

के इजरायली सेनाले गाजामा पुन: आक्रमण बढाउनेछ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
के इजरायली सेनाले गाजामा पुन: आक्रमण बढाउनेछ ?
काठमाडौं, चैत ३१ :

इजरायलका रक्षामन्त्री इजरायल काट्जले घोषणा गरेका छन् कि उनको सेनाले चाँडै गाजाको धेरैजसो भागमा आक्रमण सुरु गर्नेछ ।

इजरायल काट्जले यो पनि भनेका छन् कि- इजरायल रक्षा बल (आईडीएफ) ले गाजापट्टीको दक्षिणी भागमा रहेको रफाह र खान युनिस सहरहरूबीचको ‘सुरक्षा क्षेत्र’ कब्जा गरेको छ ।

इजरायली सेनाले खान युनिस र वरपरका क्षेत्रहरू खाली गर्न पनि आदेश जारी गरेको छ । आदेशमा भनिएको छ कि- इजरायली सेना गाजाबाट भएको हवाई आक्रमणको जवाफमा आक्रमण गर्ने तयारी गरिरहेको छ, जसको जिम्मेवारी हमासले लिएको छ ।

दुई महिनाको युद्धविरामपछि मार्च १८ मा, इजरायलले हमासविरुद्ध आफ्नो आक्रमण पुनः सुरु गर्यो ।

त्यसबेलादेखि इजरायलले गाजाको ठुलो क्षेत्र कब्जा गरेको छ । जसले गर्दा पुन: एकपटक लाखौं मानिसहरू विस्थापित भएका छन् । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार