बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश शिक्षा

१५ सामुदायिक विद्यालयलाई प्रधानमन्त्रीले दिए शैक्षिक सामग्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ चैत, २०८१ मा प्रकाशित
१५ सामुदायिक विद्यालयलाई प्रधानमन्त्रीले दिए शैक्षिक सामग्री
झापा, चैत ३१ :

प्रधानमन्त्री केपी ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार आज (आइतबार) दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायतको सहभागिता थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार