
फाइल तस्बिर।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार आयु धेरै दिन नरहने बताए । नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे उल्लेख गर्दै प्रचण्डले भने, 'नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।'
केपी ओली नेतृत्वको सरकार कुनै कारण नभई आफ्नै कारणले ढल्ने उनको भनाइ थियो । घटनाक्रमहरू सोहीअनुसार विकसित भएको जनाउँदै अध्यक्ष दाहालले नयाँ अनुभवका आधारमा आफूले यो कुरा गरेको बताए ।
प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्थिति आए सघाउन तयार रहेको समेत बताए । कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई सरकारमै सहभागी भएर या नभएर पनि आफूहरूले सघाउने उनले बताउँदै आएका छन्। प्रचण्डले २०८४ को निर्वाचन अगाडि आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट गरिसकेका छन् ।