काठमाडौं, चैत ३१ :

साताको पहिलो कारोबार दिन एवं २०८१ सालको अन्तिम कारोबार दिन आज (आइतबार) नेप्सेमा साढे ८ अंकको गिरावट आएको छ ।

नेप्से आइतबार ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा रोकिएक छ । आजको दिनमा एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भए । जसअनुसार ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँको कारोबार भयो ।

आजको दिनमा ३२२ कम्पनीको सेयर कारोबार भएका थिए ।

गुडविल फाइनान्सको डिबेन्चर र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । उता विन नेपाल लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट अर्थात् १० प्रतिशतले गिरावट आयो । कारोबार रकमका आधारमा सीईडीबी होल्डिंग्स अगाडि रह्यो । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको आठ लाख ९४ हजार पाँच सय १० कित्ता सेयर किनबेच भए ।