ललितपुर, चैत ३१ :

पाटनको मंगलबजारस्थित एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ । शव बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहराको भएको प्रहरीले जनाएको छ । उनी यही चैत ११ गतेदेखि हराएकी थिइन् ।

पानीट्यांकी सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् ।  

डेरा छोडेर गएकै घरको पानीट्यांकीमा बालिकाकाो शव भेटिएको हो । बालिकाको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।