
फाइल तस्बिर।
काठमाडौं, चैत ३१ :
सत्तारुढ दल नेकपा एमालेले भोलि (सोमबार) का लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशले राजनीतिक तरंग उत्पन्न गराइरहेको समयमा एमाले यो बैठक डाकेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान साढे ११ बजे बस्ने तय भएको छ ।
पार्टी स्रोतका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको काम-कारबाही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिबारे समीक्षा हुनेछ। साथै, समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा तय गर्ने जनाइएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित हुने जनाइएको छ ।