काठमाडौँ, वैशाख १ :

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  

हाल  कोशी  प्रदेशमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू- भागमा  मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा आंशिक बदली रहनेछ । 

कोशी प्रदेश, मधेश प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू- भागका थोरै स्थानहरू र  बाँकी भू- भागका एक- दुई स्थानमा  मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू- भागका  एक- दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राती कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा मूख्यतया सफा रहनेछ । 

कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू- भागका  एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू- भागका  एक- दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।