आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

उच्च अदालतबाट सफाइ पाएपछि निलम्बित न्यायाधीश गिरी जेलमुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ वैशाख, २०८२ मा प्रकाशित
उच्च अदालतबाट सफाइ पाएपछि निलम्बित न्यायाधीश गिरी जेलमुक्त
काठमाडाैं, वैशाख १ :

श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित न्यायाधीश भुवन गिरी उच्च अदालतबाट सफाइ पाएपछि जेलमुक्त भएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ २९ गते गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत पाटनले फैसला उल्ट्याउँदै गिरीलाई दोषमुक्त ठहर गरेको हो।

आइतबार उच्च अदालत पाटनका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गर्दै गिरीलाई सफाइ दिएको हो। अदालतको आदेश औपचारिक रूपमा प्राप्त भएपछि गिरी सोमबार(आज) बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार