काठमाडौं, वैशाख १ :

आकाश भैरवको बाह्रवर्षे जात्रा सुरु भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले नागार्जुन नगरपालिका ३, हल्चोकस्थित आकाश भैरवको मन्दिर पुगेर बाह्रवर्षे जात्राको शुभारम्भ गरे ।

त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपतिले आकाश भैरव तथा देव गणको पूजा-अर्चना गरी टीकाप्रसाद ग्रहण गरे ।